पोखराको सगरमाथाका शिक्षकहरुलाई मोटिभेसनल तालिम

हिमाली आवाज । पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्ना शिक्षकहरुको लागि वृत्ति विकास तथा क्षमता अभिवृद्धि गर्न आज एक दिनको मोटिभेसनल तालिम सम्पन्न भएको छ ।

विद्यालयले नेपाली नेत्रहिन विद्यार्थी फाण्डेशसनसँगको सहकार्यमा ट्रेनिङ आयोजना गरेको हो । सो मोटिभेसनल तालिममा विद्यालयका ३५ जना शिक्षकहरु सहभागी थिए ।

शिक्षण सिकाई, प्रभावकारी पाठयोजना निर्माण, विद्यार्थी सहभागिता, सकारात्मक व्यवहार व्यवस्थापन र शिक्षणमा रोचकता कसरी ल्याउने लगायतका विषयमा शिक्षाविद् एवं नेपाली नेत्रहिन विद्यार्थी फाण्डेशनका कार्यकारी निर्देशक शिवलाल धितालले प्रशिक्षण दिनुभयो ।

सगरमाथा निकेतन विद्यालयका संस्थापक एवं प्राचार्य दीलिप कुमार शर्माले यस किसिमको तालिमहरुले शिक्षकहरुलाई विद्यालयमा गई शिक्षण गर्न थप उर्जा मिल्ने बताउनुभयो । शर्माले  सिकेको सिपलाई विद्यालयमा प्रयोग गर्न शिक्षकहरुलाई आग्रह गर्नु भयो ।

प्राचार्य शर्माले भन्नुभयो,“ पूर्वीय मूल्यमान्यता, संस्कार अनि सभ्यतालाई आत्मसाथ गर्दै कसरी नवीनतम विधि अनि प्रविधिको प्रयोग गरेर समय सपेक्ष शिक्षा दिन सकिन्छ भन्ने बारेमा अत्यन्त महत्वपूर्ण तालिम सम्पन्न गरेका छौँ । आगामी दिनहरुमा समेत सहकार्य र समन्वय गर्दे शिक्षकहरुका लागि आवश्यक तालिम संचालन गर्नेछौँ ।”

Comments
Loading...