कर्मचारी बचत सहकारीको १७ औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम

हिमाली आवाज । पोखराको जिरोकिमीमा रहेको कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ स्थापना दिवस आज मनाइएको छ । संस्थाको स्थापना दिवसका अवसरमा खुला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

सो अवसरमा १५ युनिट रगत संकलन भएको थियो । रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा उहाँले रक्तदान अत्यन्त पूण्य कार्य रहेको चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन गण्डकीका अध्यक्ष दीपक रेग्मी, सहकारीका सचिव समेत रहनुभएका नेपाल निजमामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेशकुमार श्रेष्ठ लगायतले संस्थाको स्थापना दिवसको शुभकामना दिनुभएको थियो ।

सहकारीका अध्यक्ष महेशकुमार सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन सहकारीका संस्थाका सञ्चालक केदार सापकोटा र स्वागत उपाध्यक्ष बद्री पौडेलले गर्नुभएको थियो ।

कर्मचारी बचत तथा ऋण सहकारी नेपाली काँग्रेसमा आस्था राख्ने निजामती कर्मचारीहरु द्धारा स्थापना गरिएको सहकारी संस्था हो ।

Comments
Loading...