हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति विरुद्ध परेको रिट आज सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले निवर्तमान मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलको नेता सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो । रिट खारेज भएसँगै सरकारलाई आफ्नो काम अघि बढाउन बाटो खुलेको हो ।
यसअघि गत चैत २५ गते अधिकारीले सभामुख कृष्णप्रसाद धिताललाई समेत समेत गणना गरेर मुख्यमन्त्री दावी गरेको र प्रदेश प्रमुख डिल्लीराज भट्टले नियुक्ति गरेको भन्दै काँग्रेस रिट लिएर अदालत पुगेको थियो । काँग्रेस संसदीय दलका नेता पाण्डेले मुख्यमन्त्री नियुक्ति वदर गर्न रिटमा माग गर्नुभएको थियो ।