हिमाली आवाज । पोखरामा कक्षा १२ को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा दुई शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महागनरपालिका–११ फूलबारी बस्ने ३९ वर्षीय नारायण बास्तोला र ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् ।

सोही वडाको शिवशक्ति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा जारी परीक्षामा आइतबार सामाजिक शिक्षा विषयको प्रश्नपत्र विद्युतीय माध्यमबाट बाहिरिएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेकाहरुबाट प्रहरीले कक्षा १२ को उत्तरपुस्तिका आठ थान र मोबाइल तीन थान समेत बरामद गरेको छ ।
प्रहरीले दुबै जनालाई शिक्षा ऐन, २०२८ अन्तर्गत कसूरमा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।