हिमाली आवाज । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेशले गोरखा जिल्लाको शहीद लखन गाउँपालिकामा निर्जिवन बिमा सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ ।
शहीद लखन गाउँपालिका कार्यालय पिपलछापमा गाउपालिकाका जनप्रतिनिधि तथा सरोकारवालाहरुसग बिमा सम्बन्धि अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका गण्डकी प्रादेशिक प्रमुख बिष्णुराज पौडेलले कम्पनीको बारेमा, निर्जिबन बिमा कम्पनिले गर्ने बिमाहरुको बारेमा र कृषि तथा पशुपन्छी बिमाको बारेमा तथा दाबी प्रक्रियाको जानकारी गराउनुभयो । उहाँले गाउपालिकाले कसरी आफ्ना नागरिकलाई थोरै रकममा बिमा मार्फत धेरै जोखिम बहन गराउन सक्छ भन्ने बारेमा बताउनुभएको थियो ।
कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको गोरखा उपशाखा प्रमुख स्वस्तिका पोखरेलले बिमा गर्न परेमा तथा बिमा सम्बन्धि केही गुनासोहरुका लागि आफूहरु सदैव क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा गाउपालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले गाउपालिकामा पशुपन्छीहरु को बिमा भयको तर कृषि बिमा अझै पनि हुन नसकेको जानकारी गराउदै अब कृषि बिमामा पनि जोड दिनुपर्छ भन्नुभयो
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगरले बिमाको बारेमा राम्रो कार्यक्रम आयोजना भएको बताउनुभयो । उहाँले अब गाउपालिकाले पनि बिमाको बारेमा छलफल गरी अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका पोखरा शाखा २ प्रमुख अतीत पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता प्रादेशिक कार्यालय प्रमुख विष्णुराज पौडेल गर्नुभएको थियो ।
कार्यक्रममा सहिद लखन गाउपालिकाका प्रमुख प्रशासकिय प्रमुख, जनप्रतिनिधि, कार्यपालिका सदस्यहरु, गाउपालिकामा कार्यरत बिभागिय प्रमुखहरु, कृषकहरु गरि ५५ जनाभन्दा बढीको सहभागिता थियो ।