पोखरा जेसिजको जेसिज सप्ताह सुभारम्भ

हिमाली आवाज । पोखरा जेसीजको महत्वपुर्ण कार्यक्रम जेसीज सप्ताह सुरु भएको छ । सप्ताहको पहिलो दिन खुल्ला रक्तदान तथा जेसीज सप्ताहको समुदघाटन कार्यक्रम पोखरा जेसीजको सचिवालय, पोखरा ११, पुरानोधारामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष देवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम प्रसाद कर्माचार्य रहनु भएको थियो। उक्त कार्यक्रममा ४७ युनिट रगत संकलन भएको संस्थाका महासचिव तिलक प्रसाद लामिछानेले जानकारी गराउनु भयो।

प्रमुख अतिथि कर्माचार्यले रक्तदान एउटा पबित्र कार्य भएको र एउटा स्वस्थ मानिसले नडराई रगत दान गर्न पर्नेमा जोड दिनु भयो। उक्त कार्यक्रममा पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर ईश्वर प्रसाद कर्माचार्य, मिस पोखरा सारा बजि मय, रक्तसञ्चार केन्द्र रामघाटका प्राबिधिक महेन्द्र केसी लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो।

पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताहका मुल संयोजक श्रीकृष्ण सुनारले जेसीज सप्ताहका बारेमा प्रकास पार्नु भएको थियो। कार्यक्रममा जेसीज आस्थापाठ सरोज पौडेल र स्वागत मन्तव्य पबित्रा अधिकारीले गर्नुभएको कार्यक्रम संयोजक सुशान्त पराजुलीले जानकारी गराउनु भयो।

Comments
Loading...