पोखरामा पौडी खेल्ने क्रममा खोलामा डुबेर १४ वर्षीय बालकको मृत्यु

हिमाली आवाज । पोखरामा पौडी खेल्ने क्रममा खोलामा डुबेर आज एक बालकको मृत्यु भएको  छ।

पोखरा महानगरपालिका वडा नं. १८ खपौदी स्थित फेवातालबाट गएको पानीको नालामा पौडी खेल्ने क्रममा पोखरा मालेपाटनका १४ वर्षीय सोनाम सुवेदीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिनुभयो ।

साथी १५ वर्षीय संजय कार्कीसँगै उनी पौडी खेल्न गएका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले सुवेदीलाई मृत अवस्थामा पानीबाट निकालेको थियो । मृतक बालकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ ।

Comments
Loading...