इन्द्रालाई पोखरा स्पोर्टस् अवार्डमा लाइफटाइम अचिभपेन्ट अवार्ड

हिमाली आवाज । एथ्लेटिक्सकी पूर्व खेलाडी इन्द्राकुमारी मल्ललाई पोखरा स्पोर्टस् अवार्डमा ‘लाइफटाइम अभिचपेन्ट अवाडर्’ प्रदान गरिने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा उहाँलाई खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सो अवार्ड प्रदान गर्ने निर्णय मञ्चले गरेको हो । मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ ।

प्रतिभा छनोट समितिको सिफारिस अनुसार मल्ललाई अवार्ड अवार्ड प्रदान गर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताउनुभयो । आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’ यही वैशाख २८ गते पोखरा सभागृहमा हुँदैछ ।

यस अगाडि यस अवार्डबाट कृष्ण थापा, खड्गबहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्र बहादुर गुरुङ, आनन्द रञ्जित, गणेशबहादुर भट्टराई र विद्या प्रसाद मर्सानी सम्मानित भइसक्नुभएको छ ।

एथ्लेटिक्सकी मल्ल कहिल्यै नथाक्ने खेलाडीका रुपमा परिचित हुनुहुन्छ । उहाँले ४० वर्षदेखि खेलकुदमा जीवन समर्पित गर्नुभएको छ । महिला चुलोचौकामा सिमित हुने समयमा मल्लले खेलकुदमा स्वर्णिम अक्षरले नाम लेखाउन सफल हुनुभएको छ ।

विसं २०२४ मा भारतको अम्बला केन्ट पञ्जावमा बुबा स्व.टीकाबहादुर मल्ल र आमा लक्ष्मीकुमारी मल्लको कोखबाट जन्म लिनुभएकी ईन्द्रा सानैदेखि खेलकुदप्रति रुची राख्नुहुन्थ्यो ।आफ्नो समयको उम्दा खेलाडी ईन्द्राले दर्जनौं पदक जित्नुभएको छ । उहाँले राष्ट्रिय रेकर्डहरुपनि कायम गर्नुभएको छ ।

बुबा र मामाको प्रेरणामा ईन्द्राले क्याम्पस जीवनमा पनि खेलकुदलाई निरन्तरता दिनुभयो । उहाँ एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिस लगायतका खेलहरु खेल्नुहुन्थ्यो । तर विशेष रुची भने एथ्लेटिक्समै थियो ।

खास गरेर मल्लले एक सय मिटर, दुई सय मिटर, चार सय मिटर दौडमा सँधै प्रथम हुनुभयो । पछि एक हजार पाँच सय मिटर, तीन हजार मिटर, पाँच हजार मिटर र १० हजार मिटरको धाविका बन्नुभयो ।

अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।

मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही रु ३५÷३५ हजार प्रदान गरिने मञ्चले जनाएको छ ।

Comments
Loading...