पत्रकार अर्जुन काफ्लेलाई गण्डकी प्रदेशको उत्कृष्ट समाचारदाता पुरस्कार

हिमाली आवाज । गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवका अवसरमा स्याङ्जाका पत्रकार अर्जुन काफ्ले पुरस्कृत हुनुभएको छ ।

गोरखापत्रका स्याङ्जा समाचारदाता रहनुभएका काफ्लेलाई आज गोखरापत्र संस्थानले गण्डकी प्रदेशको उत्कृष्ट समाचारदाता घोषित गर्दै सम्मानपत्र र नगद सहित पुरस्कृत गरेको हो ।

राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहबिच सञ्चार सचिव रामकृष्ण सुवेदी, गोरखापत्र संस्थानका अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरीलगायतले काफ्लेलाई सम्मान गर्नुभयो ।

पुरस्कृत व्यक्तित्व काफ्ले दुई दशकदेखी स्याङ्जा जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ । उहाँ विभिन्न संघ संस्थाबाट पुरस्कृत समेत भइसक्नुभएको छ । काफ्ले प्रेस सेन्टर गण्डकी प्रदेश समितिको अध्यक्ष समेत हुनुहुन्छ ।

Comments
Loading...