चलचित्र पत्रकार संघ कास्कीको भित्तेपात्रो विमोचन 

हिमाली आवाज । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । प्रत्येक वर्ष प्रकाशन गर्दै आएको भित्तेपात्रो यसपाली पनि प्रकाशन गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिम्लसिना पंगेनीले चपस कास्कीले गरेका कामको प्रशंसा गर्नुभयो । नेपाली सिनेमाको उत्थानमा चपस कास्कीले गरेका कामहरु सह्रानिय रहेको उहाँको भनाई छ ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले चपस कास्कीको गतिविधिले चलचित्रसँग सम्बन्धित अन्य संस्थालाई समेत झकझकाएको बताउँदै सिनेमा टुरिजमको विकासमा प्रचारप्रसारको खाँचो रहेको उल्लेख गर्नुभयो ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले चपस कास्की क्रियाशिल संस्था भएको बताउँदै एक पछि अर्को आयोजना गरिएको कार्यक्रमले पोखरामा सिनेमा सम्बन्धि गतिविधिलाई बढ्वा दिएको बताउनुभयो ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले २०६० सालमा स्थापना भई चलचित्र पत्रकार संघ कास्कीले नेपाली सिनेमाको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको उल्लेख गर्नुभयो ।

चपस कास्कीका निवर्तमान अध्यक्ष अरुण गिरीले संस्थाको क्रियाशिलताको तारिफ गर्नुभयो । संस्थाका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव सन्तोष बस्यालले गर्नुभएको थियो ।

Comments
Loading...