नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ गण्डकीको प्रमुखमा लामिछाने, कास्कीमा विवेक निर्वाचित

हिमाली आवाज । नेपाल चार्टर्ड एकाउन्टेण्ट संघ(एक्यान) गण्डकी प्रदेशको प्रमुखमा सिए अनिल लामिछाने सर्वसम्मत चयन हुनुभएको छ ।
संस्थाको आज पोखरामा सम्पन्न अधिवेशनले कास्कीका लामिछानेलाई प्रदेश प्रमुखमा निर्विरोध निर्वाचित गरेको हो ।

नवनिर्वाचित प्रमुख लामिछानेले संघलाई एकतावद्ध बनाउँदै सदस्यहरुको हक हित र अधिकारका लागि काम गर्ने प्रतिवद्धता जनाउनुभयो । चार्टर्ड एकाउन्टेन्ट्स बिचको सहकार्यले समग्र पेशाको स्थायित्व कायम गर्ने भएकाले आफूले त्यसका लागि काम गर्ने लामिछानेले बताउनुभयो ।

यसैगरी चार्टर्ड एकाउन्टेन्ट संघ कास्कीको  सभापतिमा सिए विवेक श्रेष्ठ निर्वाचित हुनुभयो । उपसभापतिमा सिए दीपक भुर्तेल, सचिवमा सिए सागर आचार्य र कोषाध्यक्षमा सिए पुरोचन उदास निर्विरोध हुनुभयो ।

यसैगरी सदस्यहरुमा सिए समिप भत्ति थकाली, सिए प्रकाश पौडेल, सिए सरोज पराजुली, सिए उभेककुमार श्रेष्ठ र सिए सविना महर्जन रहनुभएको छ । देशमा लेखा व्यवसायको विकास र नियमन गर्ने उद्धेश्यले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको स्थापना भएको हो ।

Comments
Loading...