हिमाली आवाज । सार्दीखोला पोखरा सम्पर्क समितिको शनिवार पोखरामा सम्पन्न चौथो अधिवेशनले पुनः बम बहादुर गुरुङ्गलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । अधिवेशनले गुरुङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्षमा लोकनाथ आचार्य द्वितीय उपाध्यक्ष मनसुबा गुरुङ्ग,सचिब अनिल गुरुङ्ग, सहसचिब धन बहादुर गुरुङ्ग र कोषाध्यक्षमा भोजराज आचार्य चयन हुनुभयो ।
यसैगरी समितिको सदस्यहरुमा सु. शेर बहादुर गुरुङ्ग,आश कुमारी गुरुङ्ग,कमला गुरुङ्ग,सु. तेज बहादुर गुरुङ्ग,नासु हिरा बहादुर घले,ईन्द्रकाजी गुरुङ्ग , क्या. हर्क बहादुर गुरुङ्ग,लिला बहादुर कस्तरी र दुर्गा लक्ष्मी गुरुङ्ग रहनुभएको छ ।

निर्वाचन समितिका संयोजक मित्रलाल आचार्य सदस्यहरु पुण्य पौडेल र बम बहादुर गुरुङ्ग ( सानो मुखीया) ले सर्वसम्मत कार्य समितिको प्रस्ताब पेश गर्नुभएको थियो ।
अधिवेशनको गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङ्गले उद्घाटन गर्दै सार्दिखोला पोखरा सम्पर्क समितिले गरेको काम प्रशंशनीय रहेको बताउनुभयो ।
सम्पर्क समितिका अध्यक्ष बम बहादुर गुरुङ्गको अध्यक्षतामा भएको चौथो अधिवेशन तथा १३ औं साधारण सभामा माछापुच्छ्रे गाउँपालिकाका प्रबक्ता एवं वडा नं २ का वडाध्यक्ष गणेश आचार्य , माछापुच्छ्रे माविका प्रधानाध्यापक सन्तोष आचार्य, सम्पर्क समितिका सल्लहाकार समिति संयोजक अम्बर बहादुर गुरुङ्ग , सदस्य मित्रलाल आचार्य ,प्रथम उपाध्यक्ष लोकनाथ आचार्यले सम्पर्क समितिले शैििक्षक र सामाजिक क्षेत्रमा पुर्याएको भुमिकाको चर्चा गर्नुभयो ।
अधिवेशनमा अध्यक्ष बम बहादुर गुरुङ्गको समितिको प्रतिवेदन र कोषाध्यक्ष भोजराज आचार्यले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको सचिव अनिल गुरुङ्गले जानकारी दिनुभयो ।