कोइराला दम्पतीद्धारा विवाह उत्सवमा पहारी कुल अक्षयकोषमा ५० हजार सहयोग

हिमाली आवाज । पोखरा महानगरपालिका–६ बैदाम निवासी दुर्गादेवी पहारी कोइराला र राधाकृष्ण कोइरालाले पहारी कुल संरक्षण अक्षयकोषमा आर्थिक सहयोग गर्नुभएको छ ।

कोइराला दम्पतीले आफ्नो ५० औँ विवाह उत्सवका अवसर पारेर रु ५० हजार कोषमा जम्मा गर्नुभएको हो । स्व. बुवा बालाकृष्ण् पहारी तथा आमा छली पहारीको स्मृतिमा सो सहयोग गरिएको दुर्गादेवी पहारीले बताउनुभयो । पहारी कुल संरक्षण समितिले सो सहयोगप्रति आभार व्यक्त गरेको छ ।

Comments
Loading...