कृषि सञ्जाल पोखरा–६ द्धारा प्राङगारिक मल कम्पोष्ट विन र कुटो वितरण

गणेश पहारी

हिमाली आवाज । पोखरा महानगर पालिका वडा कृषि सञ्जाल पोखरा वडा नं– ६ले घरेलु फोहोर ब्यवस्थापन कौशी करेशा खेति सहजिकरण तथा प्राङगारिक मल कम्पोष्ट विन तथा कुटो वितरण गरेको छ ।वडा स्तरीय बजेट र महनगर पालिकाको प्राविधिक सहयोगमा उक्त कार्यक्रको आयोजना गरिएको थियो ।

पोखरा महानगर पालिका वडा न ६ मा स्थित आमा समुह , टोल विकास संस्था र स्थानिय संघ संस्थाका करिब दुइ सय पचास जना सदस्यहरुलाई शनिबार एक कार्यक्रमका आयोजना गरि उक्त सामाग्रिहरु वितरण गरिएको थियो ।

करिब एक लाख पचास हजार मुल्य बराबरका कम्पोष्ट विन , फलामे कुटो र प्राङगारिक मल बितरण गरिएको कृषि सञ्जाल बैदामका अध्यक्ष तथा २०८० का कौषि खेति क्विन भावना रानाभाटले बताउनुभयो ।

कार्यक्रमको उद्दघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवंम पोखरा महानगर पालिका वडा नं – ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले घर बाट निस्कने कुहिने फोहर लाई कम्पोष्ट मलको रुपमा प्रयोग गर्ने सकेमा पोखराका घरबाट निस्कने फोहर केही हद सम्म कम हुने बताउनुभयो ।

पोखरा महानगर कृषि शाखा प्रमुख मनोहर कडरियाले घरबाट निस्कने कुहिने फोहोर लाई उचित ब्यवस्थापनको लागि कम्पोष्ट मल उत्पादन नै प्रमुख आधार रहेको बताउनुभयो । उहाँले कम्पोष्ट मल उत्पादन गरी कौसी र करेसा बारी खेतिमा प्रयोग गर्ने सकेमात्र अर्गानिक तरकारी उत्पादन हुने बताउनुभयो ।

२०८० का कौषि खेति क्विन तथा अध्यक्ष भावना रानाभाटले माटोको उर्वरा पनि बढाउने र कम पानिले पनि सिचाइ गरि उत्पादन बढने हुनाले सबै कम्पोष्ट मल उत्पादन गर्ने तर्फ लाग्न आग्रह गर्नुभयो ।

स–सचिब चन्द्रकला घिमिरे पहारीले बजारमा अर्गानिक उत्पादित बस्तुको माग धेरै भएको हुनाले, आफ्नै कौषि र करेसा बारीमा अर्गानिक बस्तु उत्पादन गरि आएआर्जन माध्यम बनाउन सझाव दिनुभयो।

अध्यक्ष भावना रानाभाटको अध्यक्षतामा भएकोे कार्यक्रममा उपाअध्यक्ष रामेश्वर न्यौपाने, पोखरा महानगर पालिका वडा नं–६का वडा सदस्य तथा कृषि सञ्ञालका संयोजक बासु बराल, पोखरा महानगर पालिका वडा नं–६ वडा सदस्य शोभा जलारी, कृषि सञ्जाल वडा न ७ अध्यक्ष पंकज पौडेल, नागरिक समाज कास्कीका पूर्व अध्यक्ष विष्णुहरी अधिकारी, अन्नपूर्ण आमा समुह बैदामका अध्यक्ष रेणु लामिछाने,सल्लाहकार गिरीराज अधिकारी र कौशि क्विन उप विजेता तथा कृषि सञ्जाल वडा नं– ८ संयोजक कान्ति अधिकारी लगाएतका बक्ताहरुले घरबाट निस्कने फोहोर ब्यवस्थापन हुने र कम्पोष्ट मल पनि बन्ने हुनाले यस्ता कार्यक्रमहरु लाई समाजमा प्रचार प्रसार गरि महत्व बुझाउन आयोजकलाई आग्रह गर्नुभयो ।

Comments
Loading...