वडा स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराजलाई

हिमाली आवाज ।  पोखरा महानगर पालिका वडा नं–६ बैदाममा सम्पन्न प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जित्नुभएको छ । उहाँ  ४ं.५ अंक ल्याई प्रथम हुन सफल हुनुभयो । अधिकारीले पुरस्कार स्वरुप नगद सात हजार पाच सय प्रमाण पत्र र मेडल पाउनुभयो।
ताल बाराही भु.पु विद्यार्थी एशोसियसन पोखरा ६ बैदामको आयोजना, पोखरा महानगर पालिका वडा नं – ६ को आर्थिक सहयोग र कास्की जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा प्रथम वडा स्तरीय बुद्धिचाल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवंम पोखरा महानगर पालिका वडा नं–६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले चेसको गोटी चाल िप्रतियोगिता उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले पोखरा लाइ पर्यटकीय राजधानीको भएकोमा खुशि व्यक्त गर्नुभयो । खेलकुद विकासलाई वडाले प्राथमिकता राखेको वडाध्यक्ष भट्टराईको भनाई छ ।
ताल बाराही माध्यमिक विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले विद्यार्थी एसोसियसनले विद्यालयका हरेक कार्यक्रममा सहभागिता जनाउदै आएको बताउनुभयो । कार्यक्रमका संयोजक एवंम राष्ट्रिय रेफ्रि तथा बुद्धिचाल संघका केन्द्रिय सदस्य महेश्वर अधिकारीले बुद्धिचाल खेल बल भन्दा पनि दिमाखले खेल्ने खेल भएको हुनाले, चनाखो भइ खेल्न आग्रह गर्दै, खेलका नियम र मापदण्डका बारेमा प्रकाश पार्नुभयो ।
विद्यार्थी एसोशियसनका कार्यबाहक अध्यक्ष खिमलाल पहारीको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा सदस्य गणेशराज पहारी स्वागत मन्तव्य तथा सहसचिव ज्ञानेन्द्रराज कोइरालाले कार्यक्रम सञ्चालन गर्नुभयो ।
 कुल ५२ जना प्रतिस्पर्धी खेलाडीहरु सहभागी रहेको प्रतियोगितामा “ल अफ फिडेको” अन्तराष्ट्रिय नियम अनुसार खेल खेलाइको थियो । बेष्ट अफ फाइफको आधारमा गरिको, प्रतियोगितामा उत्तम पहारी, किरण रञ्जित, सुनिल बहादुर कोइराला र सुक प्रधानले चिफ आर्विटरको भूमिका निर्वाह गर्नुभयो ।
 प्रतियोगितामा ४.५ अंक ल्याइ धमेन्द्र गिरी द्रोस्रो र ४ अंक ल्याइ शुनिल श्रेष्ठ तृतीय हुनुभयो । उहाँहरुले क्रमश : नगद पाच हजार दुईसय पचास र तीन हजार सात सय पचास रुपैया सहित प्रमाण पत्र र मेडल प्रदान गरिको थियो ।
तेसै गरि पन्ध्र बर्ष मुनिका बाबु र नानीहरु तर्फ किस्मत जि.सी प्रथम , लक्ष्य शाक्य दोस्रो र उज्जवल पहारी तेस्रो हुनुभयो ।  नानीहरु तर्फ सविना पोखरेल प्रथम र सुभेच्छा शाक्य दोस्रो र रस्मिता गुरुङ तेस्रो हुन सफल हुनुभयो । पुरस्कृत खेलाडीहरुलाई प्रमुख अतिथि र आयोजकले संयुक्त रुपमा नगद पुरस्कार, मेडल र प्रमाण पत्र वितरण गर्नुभयो ।
Comments
Loading...