हिमाली आवाज । बेगनास सिंचाई प्रणाली अन्तर्गत बेगनास सिंचाई जल उपभोक्ता समिति दुुई नम्बर शाखा अन्तर्गत बाँधाको रहमा आज स्थानीय उपभोक्ताले सामुहिक पूजा गरेका छन् ।
शाखा अन्तर्गत बेगनास नहरबाट सिंचाई सेवा लिइरहेका उपभोक्ताले विगत एक सय वर्ष भन्दा अघिदेखि हरेक वर्ष बौद्ध पूर्णिमाका दिन यहाँस्थित भंगेर, काली नाग, सेती नाग र बनस्कन्धीको पूजाआज गर्दै आएकोमा यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको समितिका अध्यक्ष विष्णुुबहादुर बस्नेतले जानकारी दिनुुभयो ।
उहाँका अनुसार नहरमा कुनै समस्या नआओस्, राम्रोसँग सिंचाई होस्, खेतीबाली राम्रो होस् भन्ने कामना सहित स्थानीयले प्रत्येक वर्ष सामुहिक पूजाआजा गर्दै आएका हुन् ।

शाखा दुुई अन्तर्गत बाँधाको रह लगायत विभिन्न स्थानमा नहर जीर्ण बन्दै गएको बताउँदै अध्यक्ष बस्नेतले त्यसतर्फ तत्कालै सम्बन्धित निकायको ध्यान जानुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
बेगनास सिंचाई प्रणाली अन्तर्गत विभिन्न पाँचवटा शाखा रहेको मूल समितिका सदस्य झलक थापाले जानकारी दिनुुभयो । विगतमा यस नहर कुलोका पुरानो गाउँको चौतारामा बनस्कन्धी, पाँच सय डिलमा भंगेरको पूजाआजा हुने गरेकोमा बस्ती विकास, बाढी विनास आदिका कारण उक्त स्थानहरूमा पूजाआजा हुन छोडेको जानकारी दिनुुभयो ।
समाजसेवी एवम् ज्येष्ठ सदस्य कृष्णप्रसाद अधिकारीले यहाँ गरिने सामुहिक पूजाको विशिष्ट महत्व रहेको बताउनुुभयो । हाम्रा प्राचीन संस्कार तथा संस्कृति नयाँ पुुस्तामा हस्तान्तरण हुनुु जरुरी रहेको उहाँको भनाइ छ ।