इच्छुक स्मृति दिवसमा पोखराको शहीद स्मृति विद्यालयलाई शैक्षिक सामग्री वितरण

हिमाली आवाज । साहित्यकार एवं पत्रकार कृष्ण सेन इच्छुकको २२ औँ स्मृति दिवसका अवसरमा पोखरामा शहीद स्मृति विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ ।

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगर समितिले आइतबार संयुक्त कार्यक्रम आयोजना गरी सो विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरेका हुन् । अग्रज पत्रकार एवं प्रेस सेन्टर नेपालका सल्लाहकार कोमलनाथ बराल, विश्वप्रकाश लामिछाने र प्रेस सेन्टर केन्द्रीय सचिव माधव पनेरुले ती सामग्री विद्यालयका प्रधानाध्यापक कल्पना चिलुवाललाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशका सहइन्चार्ज समेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज अधिकारी(कुमार)ले सहयोग प्रति आभार व्यक्त गर्नुभयो । अग्रज पत्रकार बरालले सेनका योगदानलाई आउने पुस्ताले समेत सँधै स्मरण गर्नुपर्नेमा जोड दिनुभयो । पत्रकार विश्वप्रकाश लामिछानेले शहीद सेनको जिवनी प्रस्तुत गर्दै सेन इमानदार र सच्चा क्रान्तिकारी योद्धा रहेको बताउनुभयो ।

प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण थापाले शहीदका योगदानलाई कहिल्यै पनि विर्सन नहुने बताउनुभयो । कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय सचिव माधव पनेरु, गण्डकीका अध्यक्ष अर्जुन काफ्ले, वरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डे, केन्द्रीय सदस्यहरु सन्देश श्रेष्ठ, रामबहादुर घले, कास्कीका अध्यक्ष कृष्ण दवाडी, पोखरा महानगरका अध्यक्ष शिवराज बस्ताकोटी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...