मर्दीखोलामा पौडी खेल्ने क्रममा डुबेर रिभानका शिवको मृत्यु

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकास्थित मर्दी खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

माछापुच्छ्रे गाउँपालिका ५ रिभान स्थित आनन्द ठाँटी बस्ने बर्ष ४९ का शिव बहादुर थापा मगरको आइतबार शान्तिघाट नजिकै मर्दी खोलामा पौडी खेल्ने क्रममा अचानक रह (पानी) मा डुबी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाउको छ ।

थापा खोलामा डुबेको खबर लगत्तै अस्थायी प्रहरी पोष्ट भेडाबारीबाट खटि गएको प्रहरी टोली र स्थानीयको सहयोगमा शवलाई पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।

Comments
Loading...