पोखराको बेलबुटे आदर्श बाल क्लबमा नयाँ नेतृत्व

हिमाली आवाज ।  पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडा बेलबुटे क्षेत्रमा कृयाशिल बेलबुटे आदर्श बाल क्लबमा नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ ।
गणतन्त्र दिवसको अवसर पारी आज आयोजित क्लबको विशेष साधारणसभा एवम् प्रथम अधिवेशनले समृद्धि पौडेल(सुजाता)को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा दीक्षा वाग्ले, सचिवमा ओशिष घिमिरे, सहसचिवमा इशान पौडेल, कोषाध्यक्षमा कीर्ति घिमिरे रहनुुभएको छ ।
त्यस्तै सदस्यहरूमा आयुुष खनाल, सक्षम पौडेल, समिर पौडेल, कीर्तन घिमिरे, रियान सापकोटा, दीपिका वाग्ले रहनुुभएको छ । नवनिर्वाचित पदाधिकारीलाई नविन टोल विकास संस्थाका अध्यक्ष पुुष्पराज पौडेल र समाजसेवी गुरुप्रसाद पौडेलले संयुक्त रुपमा टिका लगाएर बधाई तथा शुुभकामना दिदै सफल कार्यकालको शुुभकामना दिनुुभएको थियो ।
उक्त अवसरमा वासुदेव पौडेल, नवराज घिमिरे, रोशन सापकोटा, बाबुराम मिश्र, हरिष्चन्द्र पौडेल लगायतले क्लबका गतिविधि सिर्जनात्मक हुनुपर्नेमा जोड दिनुुभयो ।
उक्त कार्यक्रममा क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले क्लबका गतिविधिलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
Comments
Loading...