माछापुच्छ्रे गाउँपालिकामा रेवानको स्वास्थ्य शिविर,पाँच सय बढी लाभान्वित

हिमाली आवाज । कास्कीको माछापुच्छे« गाउँपालिका –९ सैतीघट्टामा मंगलबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ । रेष्टुरेन्ट एण्ड वार एशोसियसन (रेवान)पोखराको आयोजनामा सैतीघट्टा स्थित गोरीशंकर मनिलाल माविमा भएको स्वास्थ्य शिविरमा ५ सय भन्दा बढीले स्वास्थ्य चेकजाँच गराएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो । शिविरमा स्वाथ्य जाँच गराएपछि औषधी पनि उपलब्ध गराइएको थियो ।

स्वाथ्य शिविरमा नाक, कान, घाँटी, आँखा, महिला तथा प्रस्तुति रोग, छाला तथा यौन रोग, हाडजोर्नी तथा नशा रोग, बाल रोग, जनरल मेडिसिन सेवा उपलब्ध गराइएको थियो ।

प्रत्येक वर्ष कास्कीका दुर्गम गाउँका नागरिकलाई सेवा दिन स्वास्थ्य शिविर गर्दै आएको आयोजक संस्थाका रेवानका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो । न्युन आएका भएकाहरुलाई उपचारको क्रममा जटील समस्या रहेको पाइएमा मनिपाल शिक्षण अस्पताल संग सहकार्य गरेर थप उपचारमा सहयोग गरिने बताइन्छ ।

रेवान पोखराले अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष सडक महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवमा वचत भएको केही रकम र संस्थाका सदस्यहरु समेतको आर्थिक सहयोगमा सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर गर्दै आएको रेवान पोखराका महासचिव भिष्मराज पोडेलले बताउनुभयो । स्वास्थ्य शिविरमा मनिपाल अस्पताल पोखराका चिकित्सकहरुले बिभिन्न रोगको चेकजाँच गरेका थिए ।
रेवान पोखराका सचिव विकास भट्टराईले दुर्गम गाउँमा प्रत्येक वर्ष निरन्तर रुपमा स्वास्थ्य शिविरको आयोजना गर्ने बताउनुभयो ।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले पोखराको खानेपानीको मुख्य स्रोत मर्दीखोलाको मुहान क्षेत्रका स्थानीय माझ स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य चेकजाँच हुनु प्रशंसा योग्य काम भएको बताउँदै निरन्तरता दिनु पर्ने बताउनुभयो । आर्थिक अभावका कारण थप उपचारमा समस्या आए रेवानले उपचारमा सघाउने पनि प्रतिवद्धता जनाउनुभयो ।

मछापुच्छे« गाउँपालिका ९ का वडा अध्यक्ष हरिबहादुर क्षेत्रीले दुर्गम गाउँमा स्वास्थ्य शिविर आयोजना गरेको स्थानीय जनताले स्वास्थ्य लाभ लिन पाएको बताउनुभयो । दुर्गम गाउँका स्थानीय नियमीत स्वास्थ्य जाँच गराउन सहर जान नसक्ने भएकोले यस्ता कार्यक्रम निरन्तर दिन पनि उहाँले सुझाव दिनुभयो ।

कास्कीको सिदीङबाट ३ घण्टा हिडेर आउनुभएका ७७ वर्षीय हरिलाल अधिकारीले गाउँमा स्वास्थ्य सेवा दिएकोले उपचारकालागि सहर जान नपर्दा खुशीलागेको सुनाउनुभयो । आँखा कम देख्ने र घुँडाको समस्या भएकोले स्वास्थ्य शिविर हुँदै छ भन्ने थाहा पाएर बिहानै हिडेर उपचारकालागि आएको बताउनुभयो ।

सैतीघट्टाकी सीता गुरुङले पाठेघरको समस्या,मसिना अक्षर नदेख्ने गरी आँखाको समस्या भएकोले स्वास्थ्य शिविरमा उपचार गराउन गएको सुनाउनुभयो । आँखाको चेकजाँचपछि शिविरमा चस्मापनि उपलब्ध गराएको सुनाउनुभयो ।

स्थानीय तथा गोरीशंकर मनिलाल माविका शिक्षक भोलानाथ अधिकारीले विकट गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धेरै खुशी लागेको बताउनुभयो ।

स्वास्थ्य उपचार आएकहरु मध्ये ४० वर्ष भन्दा कम उमेरका मान्छेहरुमा पनि चिनीरोग, उच्चरक्तचाप, मृगौला रोग र मुटु रोग देखिएको मनिपाल शिक्षण अस्पतालका फिजिसीयन डाक्टर अनमोल पौडेलले बताउनुभयो । यस्ता रोगहरु आहारबिहारमा ध्यान नदिदा हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी टेकबहादुर श्रेष्ठले उपचार खर्चको अभावमा उपचार गर्न सहर जान नसक्ने अवस्था समेत रहेको गाउँमा स्वास्थ्य शिविर आयोजना गरेर रेवान पोखराले धेरै सहयोग गरेको बताउनुभयो ।

मनिपाल शिक्षण अस्पताल पोखराका लियाजेन अफिसर कृष्णमोहन श्रेष्ठले अस्पतालले स्वास्थ्य शिविरमा उपचार गराउनु भएका स्थानीयलाई अस्पतालले बिभिन्न उपचारमा छुटको व्यवस्था गर्ने पनि बताउनुभयो ।

 

Comments
Loading...