हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका वडा नं २ का अध्यक्षमा श्रीप्रसाद घले सर्वसम्मत चयन हुनुभएको छ ।शुक्रबार सम्पन्न वडासम्मेलनले घलेको अध्यक्षमा नयाँ समिति चयन गरेको हो ।
वडा कमिटीको उपाध्यक्षमा कृष्णलाल बास्तोला,सचिव बैशलाल बिक र कोषाध्यक्षमा शर्मिला बिक चयन हुनुभयो ।यसैगरी सदस्यहरुमा विक्रम नेपाली,अशोक पुन, जमुना पौडेल,मैता सिंह तामाङ ,काजीमान गुरुङ, सुकलाल घले, गमप्रसाद पौडेल, पूर्णिमा तामाङ, कुलबहादुर बिक हुनुहुन्छ । कमिटीको दुई सदस्य पछि चयन गरिने बताइन्छ ।
सम्मेलनका अवसरमा महान् जनयुद्धमा सहयोग गर्ने सेल्टरदाता, घाइते, अपांग बेपत्ता परिबार र जेल नेलखाने तथा ज्येष्ठ नागरिकहरु लाई सम्मान गरिएको थियो ।

नेकपा माओवादी माओवादी केन्द्र कास्की जिल्ला ईन्चार्ज तथा गण्डकी प्रदेशका पुर्व अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन)को प्रमुख आतिथ्यता र र बिशेष अतिथि संविधानसभा सदस्य तथा केन्द्रीय सदस्य दुर्गा कुमारी विक रहनुभएको थिया ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा पालिका ईन्चार्ज राजेन्द्र गुरुङ, गाउँपालिका कमिटीका उपाध्यक्ष गोपाल पोखरेल, माओवादी केन्द्र पोखरा महानगरपालिका १९ का पार्टी अध्यक्ष निर्मल बास्तोला, बेपत्ता परिवारका सदस्य केदार आचार्य लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा जनयुद्धका दौरानमा भएका इतिहासका बारेमा कृष्णप्रसाद शर्मा, केशवप्रसाद गौतम, उमराज बास्तोला ,कृष्णलाल बास्तोला लगायतले भनाई राख्नुभएको माओवादी केन्द्रका युवा नेता किशोरप्रसाद गौतमले हिमाली आवाजलाई जानकारी दिनुभयो ।