हिमाली आवाज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर पालिकाका चार वडामा शनिबार वडा अधिवेशनहरु सम्पन्न भएका छन् । माओवादीले गत साता पनि पोखरामा वडा अधिवेशनहरु गरेको थियो ।
शनिबार पोखराको वडा नं २९ को अधिवशेनले रामजी पौडेलको अध्यक्षतामा २५ सदस्सीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ । सो अवसरमा निर्वाचित दलित महिला सदस्य सुकमाया सुनारलाई माओवादी केन्द्रको ऐजेन्डामा निर्वाचित हुनुभयकोमा सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य दीपक कोइरालाले रहेका शहिद परिवार र अग्रज नेताहरु पनि पनि दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा वडामा सक्रिय राजनीतिक दलका अध्यक्षहरु,टोलविकास संस्था, आमा समूहका प्रतिनिधि तथा पार्टीका नेताहरुको सहभागिता रहेको थियो ।
यसैगरी वडा नं १९ मा नेत्रनाथ अधिकारीको अध्यक्षतामा २५ सदस्सीय समिति सर्व सम्मत निर्वाचित भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवं कास्की जिल्ला ईन्चार्ज रामजी प्रसाद बराल(जीवन)ले जनताका मुद्धा बोक्ने र जनतालाई अप्ठ्यारामा साथ दिने पार्टी माओवादी मात्र रहेको उल्लेख गर्नुभयो ।

यसैगरी वडा नं २४ मा वलराम गौतमको अध्यक्षतामा २५ सदस्सीय वडा कमिटी निर्वाचित भएको छ । वडा अधिवशेनमा पार्टीका केन्द्रीय सदस्य एवं पोखरा माहानगर ईन्चार्ज आशमान रोक्का पवन , क्षेत्रिय संयोजक वलराम सुवेदी,माहानगर सह सचिव ईश्वरी लम्साल लगायतले मन्तव्य राख्नुभयको थियो।
यसैगरी वडा नं २८ मा दुधराज तिवारीको अध्यक्षतामा २१ सदस्यीय समिती सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न वडा अधिवेशनले तिवारीको अध्यक्षतामा समिति सर्वसम्मत चयन गरेको हो ।
यसअघि अधिवेशनको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष तथा पूर्व गण्डकी प्रदेशसभा सदस्य गायत्री गुरुङ (कुसुम), केन्द्रीय सल्लाहकार लालमोहन तिवारी, प्रदेश सदस्य कल्पना पाण्डे, बुद्धिजिबी परिषद गण्डकी सदस्य श्याम केसी, जिल्ला सदस्य भोजराज भुर्तेल,पोखरा महानगर सदस्य सूर्यप्रकाश तिवारी, चेतकृष्ण भुर्तेल, मंगलबहादुर नेपाली, महानगर सल्लाहकार रामकृष्ण अधिकारी, यूवा नेता रामचन्द्र तिवारी, लगायतले भनाई राख्नुभएको थियो ।
पोखरा महागनरमा अधिवेशन हुन बाँकी वडाहरुमा समेत छिटै अधिवेसन सम्पन्न गरिने र पार्टीलाई नयाँ उचाईमा लैजाने गरी काम गरिरहेको पार्टी माहनगर कमिटीका सचिव जनकराज पराजुलीले जानकारी दिनुभयो ।