काँग्रेस उपसभापति कुँबरको स्मृतिमा श्रद्धाञ्जलीसभा

हिमाली आवाज । नेपाली काँग्रेसले क्रियाशील सदस्य तथा नेपाली काँग्रेस वडा इकाई ६ का उपसभापति शिवजी कुवँरकोे निधन भएकोमा दुःख व्यक्त गरेको छ । नेपाली काग्रेस वडा इकाई ६ बैदामले कुवँरकोे निधन भएको आज नवौं दिन श्रद्धाञ्जली सभा आयोजना गरेर श्रद्धाञ्जली व्यक्त गरेको हो ।

श्रद्धाञ्जली सभामा बाल्दै नेपाली काग्रेसकी केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य शारदा पौडेलले नेपाली काग्रेसले एउटा असल लोकतान्त्रिक योद्धा लाई गुमाउनु परेकोमा दुःख व्यक्त गर्नुभयो । उहाँले शिवजीको निधनले काँग्रेसले एक असल योग्य कार्यकर्ता गुमाएको बताउँदै कवँरले सामाजिक क्षेत्रमा गरेको कामको काँग्रेसले मात्र नभइ बैदाम बासीले स्मरण गर्नु पर्नेमा जोड दिनुभयो ।

श्रद्धाञ्जली सभामा बोल्दै गण्डकी प्रदेश प्रदेशका सांसद प्रकाश पौडेलले शिवजी असल र इमान्दार सामाजिक कार्यकर्ता भएको बताउदै निधनले समाजमा ठुलो क्षेती भएको बताउनुभयो ।

नेपाली काँग्रेस क्षेत्रं न ३ का क्षेत्रीय सभापति तथा युवा नेता मनोज गुरुङले कुँबरले हामी बिच नरहे पनि उहाँले पार्टी प्रति गरेको योगदानले नेपाली काँग्रेसलाई सहि मार्गमा हिँड्न उत्प्रेरणा प्रदान गरिरहने उल्लेख गर्नुभयो ।

इकाई सभापति सन्तोष पौडेलले नेपाली काँग्रेसको हरेक लोकतान्त्रिक आन्दोलनमा अग्रमोर्चामा रही पार्टीलाई पु¥याएको योगदानको बैदाम काँग्रेसले सधै मूल्याङ्कन गर्ने बताउनुभयो ।नेपाली काँग्रेस वडा इकाइ– ६ का क्रियाशील सदस्य भरतराज आर्चायले स्वर्गीय कुँवरको जीवनीको बारेका प्रकाश पार्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता पोषनाथ शर्मा,पोखरामा महानगर वडा नँ ६का पूर्व वडा अध्यक्ष जगत बहादुर पहारी, पूर्व इकाइ सभापति दिपक विर कुँवर प्रजातन्त्रका सेनानी कृष्ण बहादुर कँवर, प्रजातान्त्रिक सेनानी होमनाथ पहारी, पोखरा महानगर पालिका वडा नं –६का वडा सदस्य पवित्रा थापा लगाएतका ब्यक्तिहरूले शिवजी कुँवरले गरेको योगदानको मूल्याङ्कन हुन सके मात्र उनिप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । स्वर्गीय कुँवरका एक श्रीमती एक छोरा र चार छोरी छन्।

Comments
Loading...