वैदामका महिलाहरूलाई सीप तथा आयमूलक तालिम

हिमाली आवाज । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा महिलाहरूका लागि भएको खाजाका परिकार बनाउने सिपमूलक तथा आयमूलक पाँचदिवसीय तालिम सम्पन्न भएको छ ।

वडा नँ– ६ वडा समितिको कार्यालयको सहयोगमा “खाजाको परिकारहरू तथा आय मूलक” कार्यक्रम जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित गरी सञ्चालन गरिएको थियो ।

साठी जना महिलाहरूको सहभागिता रहेको तालिममा ६ समूह बनाइ प्रशिक्षण दिइएको वडा कार्यालयले जनाएको छ । किङ्गस इन्टरनेशन कलेज प्रा.लि पोखरा शाखाले सहजिकरण गरेको तालिममा सहभागिहरूलाई मःम, चाउमिन,समोसा निम्कीन, रसबरी र तन्दुरी रोटी बनाउन सिकाइएको थियो ।

समापन समारोह कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं–६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। तालिमबाट सिकेको ज्ञानबाट लाभ लिन सकेमात्र तालिमको औचित्ययता पूरा हुने भएको बताउदै उहाँले तालिमले बेरोजगारी समस्या हटाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका संयोजक तथा वडा सदस्य शोभा जलारीले जीवन भनेको सिकाई र भोगाई हो, जसले सिक्छ उसले अवश्य कमाउछ भन्नुभयो । आर्थिक उर्पाजनका लागि जीवनकाल उत्तरार्ध सम्म पनि सिक्न र सिकाउन छोडन नहुनेमा उहाँके भनाइ थियो ।

पोखरा महानगर पालिका वडा नं– ६ का वडा सदस्य बासु बरालले तालिममा सिकेको सिपबाट लाभ लिन सकेमात्रै तालिमको औचित्य पुरा हुने बताउँदै, सिकाइलाई प्रभावकारी बनाउन जोड दिनुभयो ।

कार्यक्रममा वडा सदस्य दिपेन्द्र पहारी, वडा सचिव राम बहादुर खत्री, अर्मिता गुरुङ श्रेष्ठ, प्रशिक्षक ओम प्रसाद गुरुङ, बिनु गुरुङ, प्रशिक्षार्थिहरू रमा लामिछाने, भागीरथी थापा,दुर्गा थापा, सुनिता परियार, विष्णुमाया परियार लामिछाने, र भगवती वानिया लगाएतकाले तालिमका बारेमा भनाई राख्नुभयो ।

Comments
Loading...