स्व बरालको ‘कीर्तिका रचना’ लोकार्पण

श्रीराम सिग्देल, हिमाली आवाज । स्व.कीर्तिराज बरालको ८७ औं जन्मजयन्तीका अवसरमा “ कीर्तिका रचना विविध“ पुस्तक आज पोखरामा एक कार्यक्रमको आयोजना गरी लोकार्पण गरिएको छ ।

नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, वरिष्ट कार्टुनिष्ट वात्स्यायन, नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मालगायतले उक्त कृति लोकार्पण गर्नु भएको हो।

कृति माथि प्राध्यापक रामेश्वर बरालले टिप्पणी गर्नु भएको थियो। उहाले क्षेत्रियतालाई प्रवद्र्धन गरिएको, आध्यत्मवाद् र भौतिकवाद्को समिश्रण, पूर्वीय र मानावतावादी दर्शनलाई उतारिएकोलगायत कृतिको विशेषता रहेको बताउनु भयो । ‘आफ्नो देशको चिन्ता, स्थानीय भूगोल, ईतिहास शिक्षा र ज्ञानका कुरा बुझ्न, राष्ट्रियता बोध गराउन, नैतिकता बुझाउन सहयोग पुग्छ भन्ने लाग्छ,’ भन्दै उहाँले, ‘यो कृतिले हामीबाट निश्चित रुपमा न्याय पाउन सक्छ भन्ने अपेक्षा छ ।’ स्व.कीर्तिराज बरालले पुसतकमा स्वदेश तथा विदेशका गाथा बुनिएको स्वाद सहितको रचना पस्किनु भएको जानकारी गराउनु भयो।

कार्यक्रममा सरुभक्तले कीर्तिको परिवारले आफ्नो शेषपछि पनि आफ्नो सम्झना बाँचिराखोस भन्ने चाहना पुरा भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘शेषपछि पनि आफ्नो सम्झना बाचिराखोस भन्ने हेतुले शेष रहदै उहाँले लेख्नुभएको जीवनी, कथा, कविता, घटनाक्रम, सस्मरण कृति बनाएर प्रकाशित गरिदिनुभएको छ ।’ यो कृतिले नेपाली साहित्यमा एउटा इट्टा थपिएको उहाँको भनाइ थियो । कीर्ति जीवित रहँदा आफ्नो साहित्य र सिर्जनामा पनि सहयोग गरेको उहाँले सम्झिनु भयो।

प्रकाशित कृति चार सय ६२ पृष्ठ रहेको कृतिमा पहिलो भागमा आत्मवृतान्त छ । भाग २ मा विभिन्न स्थानमा घुमेका यात्रा सस्मरण समेटिएको छ । भाग ३ मा आफू माथि घटेका घटना, भाग ४ मा साहित्य विविध, कविता, बेदान्ती चरणका भजनहरु समेटिएको छ । स्व.कीर्तिराज बरालकी धर्मपत्नी पार्वतीदेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी शिव बहादुर बरालले स्व. कीर्तिराज बरालको बारेमा परिचर्चा गर्नू भएको थियो।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा, स्व. बरालका सहपाठी तारा पाखे, जेठा छोरा शंकरराज बराल,माईला छोरा भवसागर बराल तथा बुहारी रसोदा बराल, लगायतले कृति प्रकाशन लगायतका विविध विषय माथि चर्चा गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन किशोरदत्त बरालले गर्नु भएको हो।

Comments
Loading...