देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि  मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को चुनाव चिन्हबाट निर्वाचित गण्डकी प्रदेशका सांसद फडिन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।

मुख्यमन्त्री पाण्डेले आज प्रदेशसभामा राख्नुभएको विश्वासको मतको प्रश्तावमा ३१ मत परेको हो । पाण्डेलाई नेपाली काँग्रेसका २७, राप्रपाका दूई तथा स्वतन्त्र राजीव गुरुङ र देवकोटाले मत दिएका हुन् । विश्वासको मतको प्रश्तावको विपक्षमा नेकपा(एमाले)का २२ र माओवादी केन्द्रका ६ गरी २८ मत परेको छ ।

माओवादीबाट चुनाव जितेका सांसद फण्डिन्द्रले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले र माओवादीले सदनमा नारावाजी गरेका थिए ।

Comments
Loading...