गण्डकी प्रदेशको नवउद्यमी युवा प्रतिभा पुरस्कार रिजाललाई

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले नवलपुरका विरेन्द्र रिजाललाई नवउद्यमी युवा प्रतिभा पुरस्कार प्रदान गर्ने भएको छ ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा रिजाल प्रथम हुन सफल हुनुभयो ।

रिजाल सेनेटरी प्याड उद्योगका सञ्चालक रहनुभएका रिजालको उद्योग गैडाकोट ५ नवलपुरमा रहेको छ । उहाँको स्थायी घर पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरी रहेपनि विगत तीन वर्षदेखि नवलपुरमा उद्योग सञ्चालन गर्दै आउनुभएको छ ।

मन्त्रालयबाट २०८० चैत २५ गते प्रकाशित सुचना अनुसार नवउद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहनमा प्रस्ताव पेश गरेका नव उद्यमीहरूले गत जेठ २४ गते आफ्नो उद्यमको बारेमा प्रस्तुतीकरण समेत गरेपछि लिएको अन्तरवार्ताका आधारमा नतिजा प्रकाशन भएको हो । छनौटबाट रिजाल प्रथम हुनुभएको मन्त्रालयले जनाएको छ ।
यसैगरी कावासोती ७ नवलपुरका सुदिप दुवाडी (शिव शक्ति एग्रो फर्म) र तृतीयमा हरिनास २ स्याङ्गजाका आभास सिग्देल (मग्याम कृषि तथा पशु फर्म प्रा.लि.) हुन सफल हुनुभयो ।

Comments
Loading...