पोखरामा शहीद भुर्तेलकी छोरी अनिताको नेतृत्वमा शहीद प्रतिष्ठान गठन

हिमाली आवाज । सहिद प्रतिष्ठान नेपाल पोखरा महानगरपालिकाको प्रथम भेला आज सम्पन्न भएको छ । सो भेलाले अनिता भुर्तेलको अध्यक्षतामा सहिद प्रतिष्ठानको गठन गरेको हो । अध्यक्षमा चयन हुनुभएकी अनिता जनयुद्धका शहीद राजविक्रम तथा सीता भुर्तेलकी छोरी हुनुहुन्छ ।

प्रतिष्ठानको उपाध्यक्षमा शर्मिला लुईटेल, सचिव मधु प्रसाद बराल र कोषाध्यक्षमा ममता शर्मा चयन हुनुभयो । सदस्यहरुमा राजु परियार सदस्य, विष्णु प्रसाद पराजुली, र सुश्मीता बस्ताकोटी रहनुभएको छ ।

भेलामा नेकपा(माओवादी केन्द्र)का कास्की जिल्लाका इन्चार्ज एवं पार्टी केन्द्रीय सदस्य रामजीप्रसाद बरालले जनयुद्धका शहीदको योगदानलाई चिरकालसम्म स्मरणिय बनाउन प्रतिष्ठानले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । भेलाको अध्यक्षता अणनाथ बरालले गर्नुभएको थियो भने सञ्चालन पार्टीका नेता विनय थापाले गर्नुभयो ।

Comments
Loading...