लाहाचोकमा हिले महोत्सव हुँदै

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा यही असार १५ गते हिले महोत्सव हुने भएको छ । स्थानीय त्रिशक्ति युनाईटेड क्लब माछापुच्छ्रे– ४ लाहाचोकको आयोजनामा दोस्रो हिले महोत्सव २०८१ हुन लागेको हो ।

लाहाचोक स्थित गाउँपालिकाको भवनसँगैको शेराचौतारी फाँटमा हुने महोत्सवमा पुरुष फुटबल ,महिला पुरुष हिले दौड ,महिला धान रोप्ने, महिला रस्साकशी , माछा छोप्ने ,हल गोरु दौड ,महिला पुरुष घौटो फुटाउने लगाएतका प्रतियोगिताहरु मुख्य आकर्षणको रुपमा रहेको क्लबका अध्यक्ष उमेश बाँस्तोलाले हिमाली आवाजलाई जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न प्रतियोगिताहरुमा उत्कृट हुनेहरुलाई विभिन्न विधामा पुरस्कार समेत प्रदान गरिएको छ ।

माछापुच्छ्रे ४ वडा कार्यालयको संरक्षकत्वमा हुने महोत्सवमा विभिन्न उत्कृष्ट युवा किसान व्यवसायीलाई नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

Comments
Loading...