माओवादी केन्द्रका युवा नेता भोजराजलाई पितृशोक,प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का युवा नेता एव गण्डकी प्रदेश समितिका सदस्य भोजराज पौडेललाई पितृ शोक परेको छ ।

पोखरा महानगरपालिका–२५ हेमजा निवासी पौडेलका पिता लिलाधर पौडेलको ८५ वर्षको उमेरमा बिहीबार राति आफ्नै निवासमा निधन भएको हो । स्व पौडेलको शुक्रबार सेती नदी किनारस्थित मराङघाटमा अन्त्येष्टि गरिएको छ ।

पौडेललाई अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा(माओवादी केन्द्र) गण्डकी प्रदेशका सहइन्चार्ज हरिराज अधिकारी, पार्टी गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, पार्टीका केन्द्रीय सदस्यहरु रामजी प्रसाद बराल, दीपक कोइराला, पार्टी प्रदेश, जिल्ला तथा पोखरा महानगरका नेता कार्यकर्ता, जनप्रतिनिधि,विभिन्न राजनीतिक दलका नेताहरु तथा स्थानीयवासीको उपस्थिति थियो ।

स्व पौडेलका तीन छोरा, एक छोरी, दुई बुहारी सात नाति नातिना तथा एक पलाति छन् । युवा नेता भोजराज पौडेल राजनीतिसँगै विभिन्न सामाजिक तथा शैक्षिक क्षेत्रमा नेतृत्वदायी भूमिकामा हुनुहन्छ । उहाँ पार्टीको प्रदेश सदस्य सहित कास्की निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को संयोजक, वाइसियल नेपाल गण्डकीको सहसंयोजक, पोखरा महानगरपालिका–२५ को सल्लाहाकार, हेमजा युनाइटेड क्लबको सल्लाहाकार, गौरी शंकर माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ । यसैगरी उहाँले विभिन्न व्यवसाय समेत सञ्चालन गर्दै आउनुभएको छ ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहालले आज पितृ शोकमा पर्नुभएका भोजराजलाई टेलिफोन गरी दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

Comments
Loading...