कुश्माबाट पोखरा आउँदै गरेको कार काँडेमा दुर्घटना

हिमाली आवाज । पर्वतको कुश्माबाट पोखरा आउँदै गरेको कार आज दिउसो दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।ग ३ च ५३६३ नं.को सो कार मध्यपहाडी राजमार्ग अन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेमा दुर्घटना भएको हो ।

घटनामा कार चालक पर्वत जलजला गाउँपालिका वडा नं ६ बस्ने ४४ वर्षीय सनम पुन, कुश्मा नगरपालिका वडा नं १२ बस्ने ४२ वर्षीय किशोर सापकोटा र जलजला गाउँपालिका वडा नं ६ बस्ने १५ वर्षीया शुशिला पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेहरुको पोखराको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ ।

कार चालकले नियन्त्रण गुमाई सडकको दाया साईडमा कार पल्टिएको थियो । कारमा ६ जना सवार रहेको बतान्छ ।

Comments
Loading...