सितलगुफामा पहिरो खसेपछि पोखरा–बाग्लुङ राजमार्ग

हिमाली आवाज । पोखरा–बाग्लुङ राजमार्ग पहिराले अवरुद्ध बनेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सितलगुफा नजिक आज विहान अविरल वर्षापछि गएको पहिराले राजमार्ग अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

राजमार्गमा पहिरो खसेपछि पोखरादेखी पर्वत, बाग्लुङ,म्याग्दी तथा हिमाल पारिको जिल्ला मुस्ताङसँगको सडक सम्पर्क टुटेको छ ।
बाटो अवरुद्ध भएपछि पोखरादेखी राजमार्ग हुँदै बाहिरिने तथा भित्रिने यात्रु अलपत्र परेका छन् ।

ट्राफिक प्रहरी कार्यालयका प्रमुख भानु शर्माले पहिरो खसेको स्थानमा प्रहरी टोली खटिई राजमार्ग खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।“प्रहरी टोली घटनास्थलमा पुगेर जेसिविको साथमा पहिरो पन्छाउने काम भइरहेको छ ।”शर्माले भन्नुभयो ।

Comments
Loading...