हिमाली आवाज । पोखरामा पहिरोमा परेर एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका ४७ वर्षीय कुलबहादुर परियारको घर पहिरोले पुर्दा एकै परिवारका सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
पहिरामा परेर कुलबहादुर सहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र छोरी राधिका परियारको निधन भएको हो ।
राति १०ः ३० बजेको समयमा परिवारका सबै सदस्य जम्मा भएको बसेको बेला पहिरो खसेको बताइन्छ । घटनामा दुई जनाको सकुशल उद्धार गरिएको बताइन्छ ।


