नारायणगढ–मुग्लिन सडकमा पहिराले दुई वटा बस बगायो, ६० बढी यात्रु बेपत्ता

हिमाली आवाज । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् ।

आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज र काठमाडौँ–गौर चल्ने यात्रुबहाक बस बगाएको प्रारम्भिक विवरण प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।

काठमाडौँ–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौंबाट गौर जाँदै गरेको बसमा ४१ जना यात्रु सवार रहेको भन्ने जानकारी आएको प्रजिअ यादवले बताउनुभयो ।

यात्रुहरुको उद्धारका लागि चितवन प्रहरी प्रमुख भावेष रिमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगी उद्धारको काम गरिरहेको चितवन प्रहरीका प्रवक्ता भेषराज रिजालले बताए । प्रजिअ यादव पनि घटनास्थलमा पुगिसकेका छन् ।

Comments
Loading...