हिमाली आवाज । कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोमा ज्यान गएको हो ।
पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटका कुल बहादुर परियारको टिनले छाएको ढुङ्गा माटोले बनेको एक तले घर पहिराले पुर्दा सात जनाको मृत्यु भएको हो ।
पहिरामा परेर कुलबहादुर सहित उहाँका आमा ८५ वर्षीया लक्षिमा, पत्नी ४३ वर्षीया मनकुमारी, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा र ज्वाइँ २५ वर्षीय अस्मित परियार को मृत्यु भएको छ । छिमेकी ५६ वर्षीया राधिका परियारको घटनास्थलमा उद्धार गर्ने क्रममा लडेर निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।
अबिरल बर्षातको कारण घर पछाडीबाट पहिरो आई पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सार्दीखोला, जिल्ला प्रहरी कार्यालय कार्यालय, सशस्त्र प्रहरी बल, तथा नेपाली सेना समेतको उद्दार टोलीले खोज तथा उद्दार गरेको थियो ।
घटनामा छिमेकी मृतक राधिककाका छोरा ३१ वर्षीय कुमार परियार र कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार सामान्य घाइते भई अस्प्तालबाट आज विहान घर फर्किका छन् ।
यसैगरी पोखरा महानगरपालिका–३२ चैनपुरस्थित बाह«विसेमा ४० वर्षीया आरती ओझोका घर आज विहान २ः१५ बजे पहिराले पुरिदा उहाँका दुई छोरी सहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
घटनामा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र आरतीका दाईको छोरा नौ वर्षीय प्रतिक सुवेदी सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा घाइते आरतीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको बताइन्छ ।
यसैगरी मादी गाउँपालिका–११ ताप्लेमा गएराति पहिरामा परी बेपत्ता भएकी ८० वर्षीया माइती कुमारी गुरुङको शव फेला परेको छ ।
गुरुङको ढुङ्गा माटोले बनेको जस्ताले छाएको एक तले कच्ची घर अविरल बर्षाको कारण घर माथीबाट पहिरो आई घर पुरिदा उहाँ बेपत्ता हुनुभएको थियो ।
प्रहरीले विहान ७ः०० बजे गुरुङको शव घटनास्थलमा फेला पारेको प्रहरीले जनाएको छ । सो घटनामा ५५ वर्षीय ओमबहादुर गुरुङलाई प्रहरी र स्थानीयले सकुशल उद्धार गरेका थिए । घरमा आमा÷छोरा बस्दै आएको थिए ।


