प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल,सरकार ‘काम चलाउ’

हिमाली आवाज । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सदनमा विश्वासको मत प्राप्त गर्न असफल हुनुभको छ । प्रचण्डले राखेको विश्वासको मत माग्ने प्रस्तावको पक्षमा ६३ मत मात्रै प¥यो भने विपक्षमा १९४ मत परेको सभामुखले घोषणा गरे। मत दिन्न भन्नेमा एक मत प¥यो।
प्रतिनिधिसभामा भएको मतदानमा २ सय ५८ सांसद उपस्थित थिए।

विश्वासको मत नपाएसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त हुनुभएको छ । यसैवीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्त्वको सरकारलाई अर्को सरकार गठन नहुन्जेलसम्मका लागि काम चलाउ सरकारका रुपमा काम गर्न तोक्नुभएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मीले आज साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन प्रतिनिधिसभामा राखेको प्रस्ताव बहुमतबाट पारित हुन नसकेकाले अर्को मन्त्रिपरिषद गठन नहुन्जेलसम्मका लागि यही सरकारलाई संविधानको धारा ७७ को उपधारा ३ बमोजिम कामचलाउ तोकेको उल्लेख गरिएको छ।

Comments
Loading...