गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन निर्णय नलिन एमालेको आग्रह

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) गण्डकी प्रदेश कमिटीले गण्डकी प्रदेश सरकारलाई दीर्घकालिन असर पर्ने निर्णय नलिन आग्रह गरेको छ ।

एमाले गण्डकीका सचिव धनञ्जय दवाडीले बुधबार विज्ञप्ति निकालेर प्रदेश सरकारमा एमालेको सङ्ग्लनता नभइ दीर्घकालीन असर पुग्ने निर्णय गरिएकोमा ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

एमालेले दुई दलका बीचमा छलफल, समन्वय र सहकार्यका आधारमा मात्रै आगामी दिनमा सरकार सञ्चालन हुने हुँदा सहमति विपरीत दिर्घकालीन असर पर्ने निर्णय नलिन आग्रह गरिएको छ ।

केन्द्रीय राजनीतिमा भएको छलफल र सहमतिलाई कार्यान्वयन गर्न प्रदेशस्तरमा दलहरुबीच समन्वय भई प्रदेशका सरकारहरु गठन, पुनर्गठन पनि भइरहेका बेला एकपक्षिय रुपमा गतिविधि भएको एमालले जनाएको छ ।

गण्डकीमा हाल नेपाली काङ्ग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार रहेको छ । सरकारमा काँग्रेस बाहेकका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ मन्त्री हुनुहुन्छ ।

केन्द्रमा सत्ता समिकरण परिर्वतन भएर नेपाली काङ्ग्रेस र नेकपा एमालेको संयुक्त सरकार बनेपनि गण्डकीमा अहिलेसम्म एमालेको सरकारमा सहभागिता हुन सकेको छैन ।

Comments
Loading...