रोटरी क्लब अफ पोखरा फिस्टेलद्वारा बृक्षरोपण

हिमाली आवाज । रोटरी क्लब अफ पोखरा फिस्टेलको आयोजनामा पोखराको लामाचौंरस्थित पश्चिमान्चल इन्जिनियरिड।क्याम्पस र गण्डकी वोर्डिङ स्कुलमा बिहीबार वृक्षरोपण गरिएको छ ।

दुुबै स्थानमा गरि अमला, मेवा, क्युँ काफल,सीतल चिनी, पैयुँ, बर्रो, अशोका, मसला अगरहुड, कलकी फुल लगायत विभिन्न जातका पाँच सय विरुवा रोपिएको हो ।रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का रोटरी इयर २०२४–२५ का डिष्ट्रक गभर्नर इलेक्ट विनोद कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कोइरालाले रोटरी क्लवको वार्षिक कार्ययोजना अनुसार हुने गरेको बृक्षारोपण कार्य आगामी वर्षमा पनि निरन्तर हुने भएको बताउँदै रोपण गरिएका विरुवाको संरक्षण महत्वपूर्ण रहेको बताउनुुभयो ।

गण्डकी वोर्डिङ स्कुलमा भएको कार्यक्रममा विद्यालका प्राचार्य विश्वउदिर जि।सी ले रोटरी कल्व अफ पोखरा फिस्टेलबाट भएको वृक्षरोपण कार्यक्रमको प्रशसा गर्दै विद्यालको भैतिक निर्माणमा पनि सहयोगको वातावरण वनाउन अनुरोध गर्नुभयो ।

पश्चिमान्चल इन्जिनियरिङ क्याम्पसमा भएको कार्यक्रममा क्यापस प्रमुख निर्मलप्रसाद वरालले रोपिएका बिरुवाको रेखदेख गर्नुका साथै आगामी दिनमा पनि रोटरी क्लवसँग सहकार्य गर्दै जाने बताउनुुभयो ।

गण्डकी वोर्डिङ स्कुलबाट शुरुवात गरी इन्जिनियरिङ क्याम्पसमा समापन गरिएको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष महेश्वर पहारीले गर्नुभएको थियो भने सञ्चालन कार्यक्रम संयोजक एवम् क्लबका उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले गर्नुुभएको थियो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को कार्यक्रम अनुसार यस वर्ष देशभर गरि एक लाख विरुवा रोपण गर्ने योजना अनुसार यस क्लबबाट पोखरामा बृक्षरोपण गरिएको हो ।

क्लबका उपाध्यक्ष एवम् कार्यक्रम सयोजक सुवेदीका अनुसार क्लबकोे आगामी हप्ता १००० औं बैठक हुन गइरहेको सन्दर्भमा साउन महिना भित्र अन्य स्थानमा समेत गरी एक हजार बिरुवा रोपण गरिने कार्यक्रम छ ।

कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू, बर्तमान कार्यसमितिका पदाधिकारी तथा सदस्य एवम् परिवारजनका सदस्यहरूको उल्लेख्य उपस्थिति थियो ।

Comments
Loading...