हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा सम्मान, पुरस्कार अर्पण तथा सहयोग रकम हस्तान्तरण लगायतका कार्यक्रम सम्पन्न भएको छ ।
माछापुच्छ्रे परोपकारी संस्था लाहाचोकको आयोजना तथा बैदेशिक रोजगार मञ्च लाहाचोकको सहकार्यमा आजिवन सदस्यता वितरण, सम्मान तथा सहयोग रकम हस्तान्तरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल सोभित बहादुर जिसी, रोजिना अधिकारी र जितेन भण्डारीलाई पुरस्कृत गरियो । त्यस्तै अनिल थापा मगरलाई बर्ष खेलाडीको रुपमा सम्मान गरियो ।
कार्यक्रममा माछापुच्छ्रे निवासी टेकबहादुर सुनार÷ माया सुनारको परिवारलाई आर्थिक सहयोग स्वरुप रु १ लाख ५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
उक्त रकम सस्थाका तर्फबाट अभियान सञ्चालन गरि संकलन गरिएको थियो । साथै सोही परिवारलाई प्रेमप्रसाद पौडेल÷ लक्ष्मी पौडेलले २÷२ जोर कपडा हस्तान्तरण गर्नुभयो । सोही अवसरमा समाजसेवीद्वय कृष्णप्रसाद पोखरेल र बेलुकाजी थापालाई विशेष सम्मान अर्पण गरिएको थियो ।

बाल कलाकारद्वय किस्टिना जिसी र सम्पदा जिसीले आ –आफ्नो कला प्रस्तुत गरेका थिए। सम्झना क्षत्रीले गायन र सुरक्षा शाहीले नृत्य र रोजिना अधिकारीले कविता प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन दिलाए ।
कार्यक्रममा लाहाचोक समाज द कोरियाले सङ्कलन गरि पठाएको ४९ हजार ३ सय १४ रुपैया बानेटाकुरा धार्मिक क्षेत्र निर्माण ब्यवस्थापन सहयोगका लागि समितिका अध्यक्ष बुद्धिबहादुर शाहीलाई हस्तान्तरण गरिएको थियो ।
साथै सस्थाका संरक्षकहरू पुर्ण बहादुर शाही(नर्वे ), अर्जुन बहादुर शाही (युके) र नविनचन्द्र ढकाल (क्यानडा)को सौजन्यमा मिलिजुली आमा समुहलाई ४५ सेट ड्रेस हस्तान्तरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद गणेशमान गुरुङले राष्ट्रले गर्नुपर्ने काम एउटा संस्थाले गर्नु महान कार्य भएको भन्दै आयोजक प्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले मर्दी खोला र सेती नदीको दोवान जलकिनीमा मोटरेवल पुल बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा पुर्ण बहादुर शाही,रबिलाल पोख्रेल ,भुवन पोख्रेल ,पुर्व डिएसपि राजेन्द्र अधिकारी ,असफल गौतम, सम्मानित व्यक्तित्व बेलुकाजी थापा लगायतका अतिथी वक्ताहरूले सस्थाले गरेका उदाहरणिय कार्यको चर्चा गर्दै आ आफ्नो धारणा व्यक्त गर्नु भयो।
संस्थाका अध्यक्ष पदमबहादुर घर्ति क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य कोषाध्यक्ष रुपा अधिकारीले र सञ्चालन सुशील श्रेष्ठले गर्नुभएको थियो ।मुख्य प्रायोजन केशवराज अधिकारी संगम रहेको सो कार्यक्रमको संयोजन राजु क्षत्री अपुरोले गर्नुभएको थियो ।