माछापुच्छ्रे गाउँपालिकामा चितुवा मृत फेला

हिमाली आवाज । कास्कीको माछापुच्छ«े गाउँपालिकामा आज चितुवा मृत फेला परेको छ ।
माछापुच्छ«े–३ घाचोकस्थित खरीबोटमा पोथी प्रजातिको अन्दाजी चारदेखी पाँच वर्षको चितुवा मृत भेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) ल्वाङका रेञ्जर रवीन्द्र गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितुवाको घाँटीमा चोट लागेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा चितुवा पासोमा परेको देखिएको गौतमले बताउनुभयो ।
“चितुवा मृत देखेर स्थानीयले प्रहरीलाई खबर गरेपछि हामी घटनास्थलमा पुगेका थियौँ । चितुवा पासोमा परेर मरेको देखिन्छ ।” गौतमले भन्नुभयो ।
अन्नपूर्र्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय पोखराका पशु चिकित्सक डा सुरेश नेपालीले घाचोक प्रहरी चौकीमा ल्याएर चितुवाको पोष्टमार्टम गर्नुभएपछि मुचुल्का बनाएर गाडिएको थियो ।

Comments
Loading...