हिमाली आवाज । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत हुनुभएको छ ।
फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजार अर्पण गर्नुभयो ।
सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको प्रदेश प्रमुख भट्टले बताउनुभयो ।नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसर दिनुपर्ने धारणा उहाँको छ ।

पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको स्मरण गर्दै कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरेर आफुलाई थप जिम्मेवार बनाएको बताउनुभयो । ‘यो पुरस्कारले आदिवासी जनजातिको हक अधिकारको पक्षमा झनै आवाज बुलन्द गर्न प्रेरणा मिलेको छ, श्रेष्ठले भन्नुभयो,‘यसले मलाई थप जिम्मेवार बनाएको छ ।’
अर्का पुरस्कृत व्यक्तित्व कमला रानामगरले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताउनुभयो । पुरस्कृत श्रेष्ठ एभरेष्ट एफ एमका स्टेसन म्यानेजरका रुप्मा कार्यरत हुनुहुन्छ भने रानामगर नवलपुर टाइम्सका सम्पादक रहनुभएको छ ।
सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले आफुलाई सम्मान अर्पण गरेकाले फोनिजप्रतिको जिम्मेवारी थप भएको धारणा राख्नुभयो ।
यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पत्रकारिता समाजको ऐना भएको बताउदै नागरिकलाई झुक्याउन नहुने बताउनुभयो ।