हिमाली आवाज । पोखरामा स्वास्थ्य, शिक्षा तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले कास्कीको माछापुच्छ«े गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा शिक्षक सहयोग गरेको छ ।
माछापुच्छ«े गाउँपालिका–७ मा अवस्थित जनप्रिय आधारभूत विद्यालय र उदय माध्यमिक विद्यालयमा एक÷एक जना शिक्षकका लागि अनुदान रकम उपलव्ध गराउन आज सम्झौतामा हस्ताक्षर गरिएको हो ।
नेलम्बोले जनप्रिय आधारभूत विद्यालयमा चार वर्षदेखी र उदय माध्यमिक विद्यालयमा तीन वर्षदेखी शिक्षक सहयोग गर्दै आएकामा यस वर्ष पनि निरन्तरता दिएको हो । सम्झौता अनुसार विसं २०८२ असार मसान्तसम्म नेलम्बोले शिक्षकका लागि पारिश्रमिक उपलल्ध गराउनेछ ।
उदय माध्यमिक विद्यालयमा माध्यमिक तहको शिक्षकका लागि वार्षिक रु तीन लाख ९० हजार र जनप्रियमा आधारभूत तहका लागि रु एक लाख ५६ हजार वार्षिक सहयोग गर्ने नेलम्बोका कार्यक्रम संयोजक भीमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

“विद्यालयले शिक्षकको हाजिरी सहितको माग फाराम पठाएपछि तीन÷तीन महिनामा पारिश्रमिक विद्यालयको खातामा पठाउछौँ ।” कार्यक्रम संयोजक भण्डारीले भन्नुभयो ।
शिक्षकको अनुदान सहयोग सम्बन्धी सम्झौता कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले नेलम्बो नेपालले समाजिक उत्तरदायित्व अन्तर्गत गरेका कामहरु प्रशंसनीय रहेको बताउनुभयो ।
सोही वडाका वडाध्यक्ष वैकुण्ठ प्रसाद भण्डारीले नेलम्बोले आफ्नो वडामा वार्षिक रु १८ देखि रु २० लाखका कार्यक्रम दिएर सहयोग गर्दै आएको बताउनुभयो ।
नेलम्बो नेपालका कार्यकारी अध्यक्ष एकदेव देवकोटाले माछापुच्छ«े गाउँपालिकालाई प्राथमिकतामा राखेर स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा सहयोग गर्दै आएको बताउनुभयो । गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोख्रेलले आगामी वर्षमा समेत नेलम्बो नेपालसँग थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक चुडामणि भण्डारीले विद्यालयमा शिक्षक दरबन्दी कम रहेको अवस्थामा नेलम्बोले शिक्षक सहयोग गरेर विद्यालयको शैक्षिक वातावरणमा सहयोग पुगेको बताउनुभयो ।