सेती नदी जलविद्युत आयोजनाको ‘वेट टेष्ट’ सुभारम्भ(फोटो फिचर)

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा निर्माण गरिएको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको आज वेट टेष्ट(पानी भरेर परीक्षण तथा टवाईन घुमाउने) कार्यको सुरुआत गरिएको छ ।

माछापुच्छ«े गाउँपालिका–२ को सार्दिखोलाको भराभरीस्थित राजबगरमा रहेको आयोजनाको ‘हेडवक्र्स’ मा विधिवत पूजा गरेर वेट टेष्टको औपचारिक सुरुआत गरिएको हो ।

भिजन लुम्बिनी उर्जा कम्पनीद्धारा प्रवद्र्धति सेती नदी जलविद्युत आयोजनाको निर्माण कार्य सकिएपछि बाँधस्थलबाट पेनस्टक पाइमा पानी पठाएर परीक्षण सुरु भएको हो । वेट टेष्टको कार्य तीन दिनभित्रमा पूरा हुने बताइन्छ ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण काम सकिएपछि ड्राइ टेष्टपछि वेट टेष्ट सुरु गरिएको प्रोजेक्ट म्यानेजर इन्जिनियर लेखनाथ पाण्डेले जानकारी दिनुभयो ।

उहाँले आगामी दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने जानकारी दिनुभयो । परियोजना प्रवन्धक पाण्डेले भन्नुभयो,“आयोजनाको स्ट्रक्चर र मेसिनरीतर्फको सबै काम सकेर आजदेखी वेट टेष्ट सुरु गरेका छौँ । अबको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु गछौँ ।”

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरेर सेतीको पेनस्टक पाइपमार्फत ल्याइएको छ । सो पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेवगरमा रहेको पावर हाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ ।

विद्युतगृहमा रहेका १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिने छ। सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।
भिजन लुम्बिनी उर्जा कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले आयोजना सम्पन गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकार लगायतबाट ठूलो सहयोग मिलेको बताउनुभयो । उहाँले स्थानीयवासीको सानो सानो पूँजी लगानीले समेत आयोजना निर्माण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“आयोजनाको निर्माण सकिएर वेट टेष्टसम्म आइपुग्दा अतिनै खुशी भएका छौँ । आयोजना निर्माणमा ठूलो समस्या आएन । यो आयोजना गण्डकी प्रदेश सहित समग्र नेपालको जलविद्युतका क्षेत्रमा महत्वपूर्ण परियोजना बन्नेछ ।”

सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब भन्दा बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवद्र्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर जुटाइएको हो ।

सेती नदी जलविद्युत आयोजनाबाट उत्पादित विजुली माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकमा रहेको नेपाल विद्युत प्राधिकरणको सवस्टेसनमा जडान हुने आयोजनाका सामाजिक क्षेत्र निर्देशक बमबहादुर गुरुङले जानकारी दिनुभयो ।

Comments
Loading...