पोखरामा हेभी इक्युपमेन्ट अपरेटरहरुको प्रदेशस्तरीय भेलाको तयारी

हिमाली अवाज । पोखरामा गण्डकी प्रदेशमा रहेको हेभी इक्युपमेन्ट अपरेटहरुको प्रदेशस्तरीय भेला हुने भएको छ ।
आगामी भदौ १५ गते नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ पोखराको चौथो अधिवेशन तथा सातौँ साधारणसभा र सोही दिन गण्डकी प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो ।

नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ पोखरा हेभी इक्युपमेन्ट चलाउने अपरेटरहरुको हक हित तथा पेशालाई व्यवसायिक तथा मर्यादित बनाउने उद्धेश्यले स्थापना गरिएको संस्थाका सचिव किशोर प्रसाद गौतमले हिमाली आवाजलाई बताउनुभयो । उहाँले अधिवेशन तथा प्रदेश भेलाको तयारीलाई व्यापक बनाइएको बताउनुभयो ।

भेलामा धेरै भन्दा धेरै अपरेटर र सहअपरेटहरुलाई सहभागी गराइने गौतमले बताउनुभयो । संस्थाले विभिन्न रचनात्मक तथा क्षमता विकासका कार्यक्रमलाई जोड दिएको सचिव गौतमले बताउनुभयो । उहाँले भन्नुभयो। “हामी हाम्रा सदस्य साथीहरुको हक हितका साथै दक्ष जनशक्तिलाई पलायन हुनबाट बचाउन विभिन्न तालिमहरु प्रदान गर्दै आएका छौँ ।”

साधारणसभा तथा अधिवेशनका अवसरमा संस्थामा आवद्ध सदस्यका छोराछोरी मध्ये एसइइी र कक्षा १२ को परीक्षामा उत्कृष्टलाई सम्मान लगायतका कार्यक्रम गरिने नेपाल हेभी इक्युपमेन्ट अपरेटर संघ पोखराका अध्यक्ष प्रेमबहादुर थापामगरले बताउनुभयो ।

Comments
Loading...