तनहुँ बस दुर्घटना : पोखराबाट ४० यात्रु लिएर काठमाडौँ जाँदै बस

हिमाली आवाज । तनहुँको आवुखैरेनी स्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको बसमा ४० यात्रु रहेको पुष्टि भएको छ ।

भारतीय नम्बर प्लेटको सो बस पोखराबाट भारतीय पर्यटक लिएर काठमाडौँ जाँदै रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले घटनास्थलमा उद्धारको कार्य भइरहेको जनाएको छ ।

बस मर्स्याङ्दी नदीमा खसेको हो।  आबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले क्षतिको बारेमा एकिन नभएको र अहिले उद्धार कार्य जारी भएको बताउनुभयो।

Comments
Loading...