मर्स्याङ्दी बस दुर्घटनाः उद्धार गरिएका १४ जना अचेत, १५ बोल्न सक्ने अवस्थामा

हिमाली आवाज । तनहुँको आँबुखैरेनी गाउँपालिकाको ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको यात्रुवाहक बस दुर्घटनामा २९ जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये १४ जना अचेत अवस्थामा रहेका छन्।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार १५ जना भने बोल्न सक्ने अवस्थामा रहेको बताइन्छ । बसमा ४० जनासम्म यात्रुहरू सवार रहेको प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुर्घटनामा परेका उद्धार गरिएकाहरूको र सवार अन्य यात्रुहरूको पहिचान भने खुल्न बाँकी रहेको छ । भारतीय पर्यटक लिएर पोखराबाट काठमाडौँ जाँदै गरेको बस आज विहान ११ बजेतिर दुर्घटना भएको थियो ।

Comments
Loading...