हिमाली आवाज । पोखरा महानगरपालिका वडा नं १७ मा आज दिउँसो स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन् । चालकले नियन्त्रण गुमाउँदा नागढुङ्गास्थित न्यू मोडल सेकेण्डरी स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घारीपाटनस्थित हिमालय आँखा अस्पतालको भित्री सडक खण्डमा ग१ क ४६६१ नम्बरको स्कुल बस दुर्घटना चालक स्याङ्जाको भिरकोट नगरपालिका–२ बयरघारी घर भई पोखरा–९ कृष्ण टोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा २० जना विद्यार्थीहरु सवार रहेको सबै जना सकुशल रहेको बताइएको छ ।बस दुर्घटना हुँदा पार्किङमा राखिएका ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति पुगेको छ ।


