हिमाली आवाज । पोखरामा बिहीबार दिउसोदेखी डेरा कोठाबाट हराएका एक बालक आज फेवातालमा मृत अवस्थामा भेटिएका छन् ।

पर्वत फलेवास नगरपालिका–२ थापाठाना घर भई हाल पोखरा महानगरपालिका–७ अन्नपूर्ण टोलमा आमाबुबासँग बस्दै आएका १३ वर्षीय प्रस्ताव क्षेत्रीको शव प्रहरीले फेवातालबाट उद्धार गरेको प्रहरीले जनाएको छ ।
घरबाट बालक हराएको सूचनापछि खोजतलाजको क्रममा फेवातालमा डुवेको अवस्थामा बालक फेला परेको कास्की प्रहरीले जनाएको छ । मृतक बालकको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।