पोखरामा विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’मा आकर्षण बढ्यो

हिमाली आवाज । टिभिएसको बाइक तथा स्कुटरका लागि पोखराको आधिकारिक वितरक स्क्वायर मोटर्स प्रालिले आयोजना गरेको विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ को एक्सचेञ्जमा ग्राहकको आकर्षण बढेको छ ।

स्क्वायर मोटर्सले पोखराको रत्नचोकमा यही भदौ ५ गतेदेखी एक्सचेञ्ज आयोजना गरिरहेको छ । स्क्वायर मोटर्सका कार्यकारी अध्यक्ष आदर्शमान श्रेष्ठले पोखरामा टिभिएसको विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’प्रति धेरै राम्रो प्रतिक्रिया प्राप्त भएको बताउनुभयो । एक्सचेञ्जमा जुनसुकै बाइक तथा स्कुटरसँग विद्युतीय ‘टिभिएस आईक्युब’ साटफेरको व्यवस्था गरिएको श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो,“ कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले दैनिक आवत–जावतलाई अझै सहज बनाएकाले पोखरामा पनि यसतर्फ धेरैको आकर्षण छ । हामी सरल किस्ताबन्दी, छुट र मूल्यमा विद्युतीय स्कुटर उपलव्ध गराउने छौँ ।”

स्क्वायर मोटर्सका प्रवन्धक विनोज पोटेले नेपालमा विद्युतीय सवारीको प्रयोग बढिरहेको उल्लेख गर्दै टिभिएसले पनि नेपाली ग्राहकलाई विद्युतीय सवारी खरिदको विकल्प दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“पछिल्लो समय नेपालमा पनि विद्युतीय स्कुटरको प्रयोग बढ्दै गएको छ । पेट्रोलबाट चल्ने स्कुटरको तुलनामा कम खर्चिलो र वातावरणमैत्री समेत भएकाले पोखरामा विद्युतीय स्कुटरका प्रयोगकर्ता बढेका हुन् । अझ बढी ‘टिभिएस आईक्युब’ धेरैको रोजाईमा छ । ”

विद्युतीय स्कुटर ‘टिभिएस आईक्युब’ एक्सचेञ्ज आगामी भदौ १० गतेसम्म सञ्चालन हुने बिक्री प्रवन्धक सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

Comments
Loading...