हिमाली आवाज । महेन्द्रनगरबाट काडमाण्डौतर्फ जाँदै गरेको रात्री बस भरतपुर महानगरपालिकामा–२९ स्थित मुग्लिन–नरायणघाट सडकखण्डको घुमाउनेमा आज विहान बस दुर्घटनामा परेको छ ।

बस दुर्घटना हुँदा बसमा सवार १५ यात्रु घाईते भएका छन् । ती मध्ये केहीको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
घाईतको उद्दारकार्य जारी छ भने उद्दार गरिएकाहरुलाई उपचारका लागि भरतपुरतर्फ पठाईएको छ । बस सडक किनारामा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बस महाकाली यातायतको सु –प– प्र ००१ख १३३२ नम्वरको भएको खुलेको छ ।


